आरके राजन
सिम्रौनगढ,मधेसी जनताको हक हितको लागि संघर्ष गर्दै आउनुभएका सिम्रौनगढ क्षेत्रका चर्चित नेता एंव समाजसेवी मोहनप्रसाद कुशवाहाको सोमवार निधन भएको छ ।सिम्रौनगढ नगरपालिका–७ खजानी टोल निवासी ८० वर्षिय कुशवाहा केही दिनदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँको अन्तिम संस्कार सोमवारनै सम्पन्न भएको छ ।नेपाली काग्रेसका सक्रिय कार्यकर्ता रहनुभएका कुशवाहाको पार्थीव शरीरमा नेपाली काग्रेस महासमिति सदस्य रामनरेशकान्त कुशवाहाले पार्टीको झन्डा ओढाउनुभएको थियो । सो अवसरमा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवा लगायत जनप्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।


















