वीरगन्ज, जिल्ला प्रहरी कार्यालय पर्साले बिलबिजकभन्दा बढीको लत्ता कपडा तथा खुद्रा सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको टोलीले चेकजाँचको क्रममा ना ३ ख ४१४१ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० ग्रिनसिटी चौकस्थित सडकखण्डमा चेकजाँच गर्दा बिलविजक शंकास्पद देखिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार बिल विजक बिनाका विभिन्न किसिमका लत्ता कपडाहरु समेत फेला परेको छ ।

नियन्त्रित ट्रकबाट फेला परेका लत्ताकपडा र खुद्रा सामग्रीलाई ५६ लाख ८७ हजार ३ सय ६ रुपैयाँ मूल्याङ्कन गरिएको छ । बरामद सामाग्रीलाई ट्रकसहित आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

Leave a Reply