सबैलाई थाहा भएकै कुरा हो, गत भदौ २३ र २४ गते नेपालमा ठूलो आन्दोलन भयो । जसमा ठूलो मानवीय र भौतिक क्षति पनि भयो । भौतिक र मानवीय क्षतिले देश तहसनहस भयो र देशमा राजनीतिक परिवर्तन नै भयो र यसैका कारण अब करिब एक सातापछि नेपालमा चनाव पनि हुदैछ ।

यो सरकार गठन भएपछि त्यो घटनाका विषयमा चासो दियो र गौरीबहादुर कार्कीको नेतृत्वमा एउटा छानबिन आयोग पनि बनाइएको छ तर त्यो आयोगले तयार पारेको भनिएको प्रतिवेदन भने गायब छ । हुन त यो सार्वजनिक हुनेक्रममा पनि छ ।चुनावको मुखैमा यो प्रतिवेदन आउदा यसले धेरै समस्या सृजना गर्छ भनेर सरकारले सायद यो प्रतिवेदन अहिले सार्वजनिक गर्न चाहेको छैन । यो आयोगले तत्कालिन समयमा आन्दोलनसंग सरोकार राख्ने सबैको बयान पनि लिइसकेको अवस्था छ । सबै सरोकारलासंग उसले बयान लिएका कारण पनि यो आयोगले सार्वजनिक गर्ने प्रतिवेदनको अर्थ खोजिएको हो र यो प्रतिवेदन सार्वजनिकको माग उठेको हो ।

हुन त नेपालमा यस्ता आयोगले सार्वजनिक गर्ने प्रतिवेदनहरु कार्यान्वयन भएको इतिहाँसुकमै छ, यसमा के हुन्छ समयले बताउला ।
अहिले केहीले यसलाई राजनीतिक एजेण्डा पनि बनाएको देखिन्छ । घटनाको सत्य तथ्य सार्वजनिक भएपछि दोषिमाथि कसरी र कस्तो कारबाही होला त्यो त यसैपनि फरक कुरा भयो तर न यो आयोगले सार्वजनिक गर्ने प्रतिवेदनले अहिले भने समस्या गर्छ नै त्यसैले अब चुनावअगाडि यो सार्वजनिक गर्ने कुरा ठीक यसै पनि हुदैछ । अब चुनावपछि बन्ने सकारका कारण यो प्रतिवेदन यसै ओझेलमा पर्ने चैं देखिन्छ तर प्रतिवेदन भने सार्वजनिक हुन आवश्यक छ ।

 

Leave a Reply