आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका–७ खजानीमा स्थापना भएको पन्चमुखेश्वर हनुमानको प्रतिमाको प्राणप्रतिष्ठानको लागि सोमवारसिम्रौनगढमा कलश शोभा यात्रा निकालिएको छ ।खजानीस्थित प्रतिमा स्थलबाट निकालिएको सो कलश यात्रा नैका टोला, मौवाही, झवानी कमलपुर हुँदै सिमरौनगढ नगरपालिकाको विभिन्न स्थानको परिक्रमा पछि कन्काली पोखरीमा विधिवत जल भरेर प्रतिमास्थलमा पुगेको थियो । बाजागाजासहित निस्किएको शो कलश शोभा यात्रामा हात्ती, घोडाको लावालस्करसमेत लगाइएको थियो ।

सो अवसरमा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवार, बाराको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादव, सिम्रौनगढ नगरपालिकाकी उपमेयर नजमु शेहर, समाजसेवी चन्द्रशेखरकुमार यादव, रामनरेश कान्त कुशवाहा, जयन्त कुशवाहा, वडा अध्यक्ष विवेक मेहता लगायत जनप्रतिनिधिहरु र महिला, पुरुष र बालबालिका सहित हजारौको सहभागिता रहेको थियो ।१८ फिट अग्लो सो पन्चमुखेश्वर हनुमानको प्रतिमा बारा जिल्लाकै सबैभन्दा ठूलो प्रतिमा मानिएको छ ।


















