सिमरा,नेपाल जेसिजको तीनदिने लोम तालिम सिमरामा आयोजना हुने भएको छ । सिमरा जेसिजले मंगलवार सिमरामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमकबारे जानकारी गराएको हो ।फागुन ९ गतेबाट शुरु हुने कार्यक्रम फागुन ११ गते समापन हुने नेपाल जेसिजले जनाएको छ । सिमरा जेसिजको आतिथ्यता तथा नेपाल जेसिजको आयोजनामा हुने ‘लोम लिडरसिप एकेडेमी २०२५’ मा सहभागि हुन प्रत्येक शाखाबाट अध्यक्ष, महासचिव, कोषाध्यक्ष र कानुनी सल्लाहकार गरी अनिवार्य रुपमा चारजनाको सहभागिताका लागि नेपाल जेसीजले आग्रह गरेको छ ।

सिमराको होटल ईच्छामा आयोजना हुन लागेको कार्यक्रममा देशभरका एक सय ८१ जेसिज शाखाका प्रतिनिधी र केन्द्रिय पदाधिकारी गरी करिब आठ सय जनाको सहभागिता रहनेछ ।सिमरा जेसिजका पूर्वअध्यक्ष शालिकराम अधिकारीले सिमराको पहिचान र अर्थतन्त्रसंग जोडिएको जेसिजको राष्ट्रिय कार्यक्रमको अपनत्व ग्रहण गर्न सम्पूर्ण सिमराबासीलाई आग्रह गर्नुभएको छ ।जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले सिमरामा नेपाल जेसीजलाई स्वागत गर्न पाउनु आफूहरुका लागि ठुलो अवसर रहेको बताउनुभयो ।५२ लाख रुपैयाँको अनुमानित बजेट रहेको यस कार्यक्रमले युवाहरूलाई नेतृत्व विकासमा आवश्यक सीप तथा ज्ञान प्रदान गर्दै उनीहरूको व्यावसायिक तथा सामाजिक क्षमताको अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।

Leave a Reply