वीरगञ्ज,वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज महानगर क्षेत्रभित्र मदिरा र माछामासु बिक्री र प्रयोग गर्न रोक लगाएको छ । माईस्थान मन्दिरको १२औं बार्षिकोत्सवको अवसरमा हुनलागेको गहवामाई रथयात्राको दिन आज र भोलि २ दिनको लागि मदिरा तथा माछामासु विक्री वितरण बन्द गर्न रोक लगाएको हो । साथै पशुपंक्षी काटमार गर्न र बिक्री वितरण गर्न समेत महानगरपालिकाले सार्वजनिक सूचनामार्फत रोक लगाएको छ । वीरगञ्जमा आज गहवामाई मन्दिरको रथयात्रा निकालिने तयारी गरिएको छ । रथयात्रामा सहभागी हुन महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरबासी सबैलाई आह्वान गर्नुभएको छ । उहाँले सो अवसरमा महानगर क्षेत्रभित्र पर्ने सबै शैक्षिक संस्था पनि बन्द गर्न पनि अनुरोध गर्नुभएको छ ।

















