निजगढ,ईलाका प्रशासन कार्यालय सिमरा, बाराले राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा बुधवारबाट सुचारु गर्नेभएको छ ।
गत भाद्र २४ गतेको प्रदर्शनको क्रममा जेनजीको नाममा आगजनी भएपछि अवरुद्ध बनेको सेवा कार्यालयले बुधवारबाट सुचारु गर्ने भएको हो । कार्यालय मंगलवार एक सूचना जारी गरी आगजनीबाट नष्ट भएको उपकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट प्राप्त भएपछि बुधवारबाट सेवा सुचारु गर्न लागिएको जानकारी गराएको छ ।

‘राष्ट्रिय परिचयपत्रको विवरण संकलन गर्ने मेशिन÷उपकरण एक सेट उपकरण प्राप्त भएको हुँदा अवरुद्ध सेवा मिति २०८२।०८।०३ गतेदेखि पुनः सुचारु हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ ।

कार्यालयले सेवाग्राहीको चापलाई ध्यानमा राखी सेवामा सहजताका लागि टोकनका आधारमा सेवा उपलब्ध गराउने विगतको व्यवस्थालाई निरन्तरता दिइएको पनि जनाएको छ । सूचनामा कार्यालयबाट २०८२।५।२४ अगाडि टोकन उपलब्ध गराइएका सेवाग्राहीलाई प्राथमिकता दिइने कार्यालयबाट उपलब्ध गराइएको टोकन अनिवार्य रुपमा लिएर आउन पनि भनिएको छ ।

 

Leave a Reply