वीरगञ्ज,नेपाली कांग्रेस र नेकपा एमाले दुई दलीय राजनीतिक संयन्त्र पर्साको बैठक आइतवार वीरगञ्जमा सम्पन्न भएको छ ।संयन्त्रको बैठकले पर्सा जिल्लाको समग्र विकास निर्माणको लागि पर्सा जिल्लाबाट संघीय र प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुसंग छलफल गरी प्रधानमन्त्री तथा मन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।विकास निर्माण र अन्य मागको मस्यौदा तयार गर्न नेपाली काग्रेस पर्साका उपसभापती रामनारायण कुर्मी र नेकपा एमाले पर्साका सचिव महेश दासलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
नेपाली कांग्रेस पर्साको सभापती तथा प्रदेश सरकार भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा भएको बैठकमा नेपाली काग्रेसका उपसभापति रामनारायण कुर्मी र जिल्ला सचिव दिनेश चौधरी तथा नेकपा एमालेबाट केन्द्रीय सदस्य एवम् पर्सा इन्चार्ज माननीय प्रभु हजरा, जिल्ला अध्यक्ष डा. विशम्भरकुमार शर्मा र जिल्ला सचिव महेश दासको सहभागिता थियो ।नेपाली काग्रेस र नेकपा एमालेको नेतृत्वमा गठन भएको वर्तमान संयुक्त सरकारलाई सफल बनाउन केन्द्रीय तह, प्रदेश तह र जिल्ला तहमा दुई दलीय संयन्त्र बनाइएको हो ।


















