सरकारले आम नागरिकहरुलाई स्वास्थ्य उपचारमा सहज होस् भन्ने उद्देश्यले बिगत केही वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम संचालन गरिरहेको छ ।यो बीमा कार्यक्रमले नागरिकहरुले फाइदा नै लिएका छैनन् भन्ने ठाउँ पनि छैन तर यो जसरी आम नागरिकहरुको पहुँचमा सहज रुपमा जानुपर्दथ्यो त्यसरी भने गएको देखिदैन जसको उदाहरण नै मधेस प्रदेशमा देखिएको छ । यहाँका धेरजसो नागरिकहरु अझै पनि स्वास्थ्य बीमाको पहूँचबाट टाढा नै रहेको तथ्य सार्वजनिक भएको छ ।

सरकारले यसै आर्थिक वर्षबाट स्वास्थ्य बीमाको स्वरुपमा केही परिवर्तन गरेपनि अझै यो नागरिकहरुका लागि सहज भएको छैन । रोग कसलाई लाग्ने, कसुलाई नलाग्ने भन्ने हुदैन । त्यसो त आफ्ना देशका नागरिकहरुको स्वास्थ्य उपचारको जिम्मा नै सरकारले लिने हो र लिनुपर्दछ तर हाम्रो देशमा स्वास्थ्य उपचारको नाउँमा सरकार कर असुल गर्छ अनि देशका ठूला भनिएका व्यक्तिहरु उपचारका लागि बिदेश जान्छन् र गरिब नेपालीहरुको अकालमा ज्यान जाओस् भन्ने सरकार चाहन्छ भन्ने जस्तो देखिएको छ ।

स्वास्थ्यको क्षेत्रमा सरकारले नै बद्मासी गरिरहेको छ । सरकारी स्वास्थ्य संस्था हुँदाहुँदै पनि सरकारले निजी अस्पतालहरु संचालन गर्न दिएको छ अनि जबसम्म उपचारमा एकरुपकता हुदैन तबसम्म नागरिकहरुका लागि उपचार सेवा राम्रो हुदैन र यस्तो स्वास्थ्य बीमा जस्ता कार्यक्रमले कुनै अर्थ नै राख्दैनन् । कम्तीमा सबै नागरिकहरुले सहज रुपमा उपचार पाउने गरी बीमाको स्वरुप परिवर्तन गर्न अति आवश्यक छ ।

Leave a Reply