वीरगञ्ज,इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले लागू औषध चरेस बरामद गरेको छ । गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर ५ स्थित भलुवाही खोलाबाट चरेस बरामद गरेको हो ।बुधवार दिउँसो करिब २ बजे झाडीमा लुकाएर राखिएको अवस्थामा एक बोरा फेला परेको थियो । प्रहरीले खोल्दा बोराभित्र २४ वटा पोका चरेस जस्तो देखिने पदार्थ फेला परेको हो । नापतौल गर्दा ती पोकाहरूमा जम्मा ११ केजी ९५० ग्राम चरेस रहेको पुष्टि भएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभएकोछ । प्रहरीले लागू औषधको स्रोत पत्ता लगाउन थप अनुसन्धान अघि बढाएको जनाएको छ ।