नरेश गुप्ता

बरियारपुर,चोरीको मोटरसाइकलसहित बारामा तीनजना पक्राउ परेका छन ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ बाट पुष २५ गते चोरी भएको मोटरसाइकलसहित सोही पालिका वडा नम्बर २० बस्ने आकाश प्रसाद चौरसिया, वर्ष १९ का निरज पासवान र वर्ष २४ को सुनिल यादवलाई छातापिपरा चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

स्थानीय सफिक देवानको प्रदेश नम्बर २–०३–०१४ प. ४५८४ नम्बरको मोटरसाइकल खोजतलास गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सिमराको टोलीले उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । पक्राउ परेकाहरुमाथि चोरी मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here