दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ४ मा रहेको श्री जन सामुदायिक आधारभूत विद्यालय, पोखरियामा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधवार अल्पसंख्यक समुदायसँग एक दिवसीय वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता पन्नालाल साहको अध्यक्षता तथा बारागढी गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको प्रमुख आतिथ्यततामा सम्पन्न भएको सो कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी देवी राय, बाराका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, बाराका जिल्ला प्रहरी उपरीक्षक सन्तोष तामाङ, विभिन्न स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, संघसंस्थाका पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति थियो ।


















