निजगढ,राप्रपा निजगढ नगरपालिका वडा नम्बर ८ मामछिन्द्र गहतराजको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
बिहीवार भएको वडा अधिवेशनले गहतराजको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्ष गंगा नेपाली, सचिव राजकुमार थपलिया, कोषाध्यक्ष मुना (कृषा) बुढाथोकी, सहसचिव भरत घिमिरे, सहकोषाध्यक्ष कमला लामा चयन भएका छन ।
त्यसैगरी सदस्यमा मधुसिंह ठकुरी, रणबहादुर बुढाथोकी, मानबहादुर न्यौपाने (विष्णु), शिव सुवेदी, पार्वती सापकोटा, हिराप्रसाद पराजुली, टंकप्रसाद गौतम, नरनाथ गौतम र हरि घिमिरे रहेका छन ।नरनाथ गौतमको अध्यक्षतामा भएको सो अधिवेशनको प्रमुख अतिथि राप्रपा केन्द्रीय सदस्य विनोद भारती रहनुभएको थियो भने कार्यक्रममा किसान संगठन केन्द्रीय सदस्य तथा श्री ५ पृथ्वीनारायण शाहको तस्वीर सरकारी तथा गैरसरकारी कार्यालयमा राख्ने अभियानका अभियन्ता निर्मल खड्का, राप्रपा मधेस प्रदेश सदस्य बासुदेव तिमल्सिना, राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, नगर प्रवक्ता केशव राउतलगायतको उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन नगरप्रवक्ता केशव राउतले गर्नुभएको थियो भने कार्यक्रम राप्रपा नगर कार्यसमितिको कार्यालय वडा नम्बर ८ मा भएको थियो।