वीरगञ्ज,वीरगञ्जको चित्रगुप्त टोलमा आज दिउँसो छिमेकी महिलाको चक्कु प्रहारबाट अर्की एक महिला घाइते भएकी छिन ।वीरगञ्ज महानगरपालिका– ३ मा डेरा बस्ने खुसीकुमारी वर्णवालले गरेको चक्कु प्रहारबाट छिमेकी नूतनकुमारी कर्ण घाइते बनेकी हुन ।

४२ वर्षीय नूतन स्थानीय अजयकुमार कर्णकी श्रीमती हुन् । उनीमाथि वीरगञ्ज – १० स्थायी घर भई वीरगञ्ज– ३ स्थित रामा शङ्कर मलिकको घरमा भाडामा बस्दै आएकी खुसीले छुरा प्रहार गरेकी हुन् ।चक्कु लागेर गम्भीर घाइते नूतनको नारायणी अस्पतालमा तत्काल उपचार भइरहेको छ । पर्सा प्रहरीले घटना लगत्तै खुसीलाई पक्राउ गरी अनुसन्धान थालेको जनाएको छ ।घटनाको अनुसन्धान गरिरहेको प्रहरीले चक्कु प्रहार गर्नुपर्ने कारणबारे भने अझै खुलिनसकेको जनाएको छ ।


















