बिदुर खडका

डुमरावाना,राष्ट्रिय भुमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीले २०२१ सालदेखि हालसम्म ३२ वटा भुभिसम्बन्धीआयोग गठन भए पनि हालको आयोगले सबैभन्दा बढी तदारुकताका साथ काम गरेको जनाउनुभएको छ ।

आयोग बारा जिल्ला समितिले डुमरवानामा आयोजना गरेको कार्यक्रममा उप्रेतीले उक्त जानकारी दिनुभएको छ ।

जिल्लाभरिका भुमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्दै आएकाहरुको स्थलगत नाप जाँच अनुगमन गरि लालपुर्जा वितरण प्रकृयामा जाने उहाँको भनाइ छ ।

उप्रेतीका अनुसार जसको जति स्वामित्वमा नम्बरी जमिन भए पनि उसले भोग गर्दै आएको ऐलानी जमिन उसकै नाममा दर्ता गर्दा सरकारले २ सय प्रतिशतसंम्म राजस्व लिने नियम रहेको छ । तर यसमा जमिनको गणना अनुसार राजस्व तोकिने उप्रेतीको भनाइ छ ।

विगतमा जंगल मासेर बसोबास गर्दै आएको भनेर लेखिएको तथा देखिएको भए पनि उनीहरुलाई सरल किसिमले लालपुर्जा दिने सरकारको निति रहेको उहाँको भनाइ छ ।

हालको अवस्थामा भुभि सम्बन्धि मुख्य अधिकार स्थानीय पालिका र जनप्रतिनिधिलाई भएकोले आफुहरुले पुलको काम गर्ने उहाँको भनाइ छ ।

टाँगियाबस्तिको सवालमा भने सरकार संग छलफल गरि केबिनेटको आदेशको पर्खाईमा रहेको प्रतिकृया दिनुभएको छ ।

Leave a Reply