कृष्ण मोहन साह
सेढवा,पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश पर्साको आयोजना र युआरआई, स्माईलफोर मिलियनस, परिवर्तनको लागि सहकार्य, युनाइटेड नेशन र काठमाडौं दीप नेपालको संयुक्त सहकार्य र समन्वयमा पर्सा जिल्लाको जिराभावानी गाउँपालिका वडा– ४ सुपौलीको दलित बस्तीमा ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको छ ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा दलित समुदायसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
दलितस फाउन्डेसनको अध्यक्ष मनोज रामले निःशस्त्र आन्दोलनबाट रक्तपात बिना पनि परिवर्तन तथा समाजमा शान्ति ल्याउन सकिने बताउनुभयो । पिसफोर दलितस फाउन्डेसनको उपाध्यक्ष चन्द्रकिशोर रामले दलितको अधिकार सुनिश्चित नभएसम्म आफूहरुले शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने बताउनुभयो । फाउन्डेसनको सदस्य दलित नेता पारमानन्द रामले दलितको लागि शिक्षा, सशक्तीकरण, सामनता तथा दलितको लागि शान्ति स्थापना नभएसम्म समाज र देशमा शान्तिको संस्कार र अवस्था सृजना नहुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्षले दलितस फाउन्डेसनलाई धन्यवाद दिनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले दलित समुदायको अधिकारको लागि आफू सधै लागि पर्ने बताउनुभयो । कार्यक्रममा महिला तथा पुरुष गरि १ सयजनाकोे सहभागिता रहेकोे थियो ।
सन् २०२२ को अन्तर्राष्ट्रिय शान्ति दिवसको नारा जातिवादको अन्त्य गर्नुहोस्, शान्ति निर्माण गर्नुहोस् भन्ने रहेकोे छ । जबसम्म समाजको जातिवाद, जातीय विभेद, छुवाछूत तथा दलित सामाजिक स्वतन्त्रता र सामाजिक न्याय हुदैनन् तब समाजमा शान्तिको वातावरण हुन सक्दैन भन्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।
सन् १९८१ मा संयुक्त राष्ट्रसंघ महासभा सुरु भएको दिन पारेर राष्ट्रसंघद्वारा प्रस्ताव पारित गरी राष्ट्रसंघ महासभा सुरु हुने सेप्टेम्बर महिनाको तेस्रो मंगलबारका दिन शान्ति दिवस मनाउने निर्णयअनुरुप सन् १९८२ को सेप्टेम्बरमा पहिलो शान्ति दिवस मनाइएको थियो ।
सन् २००२ मा भएको संयुक्त राष्ट्रसंघ महासभाले सेप्टेम्बर २१ लाई स्थायी रुपमा अन्तर्राष्ट्रिय शान्ति दिवस घोषणा गरेको थियो ।
पिसफोर दलितस फाउन्डेसनले आयोजना गरेको अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा दलित समुदायसंग छलफल तथा अन्तक्रिया कार्यक्रमको अध्यक्षता दलित अधिकार दबाब समुहको अध्यक्ष रामचन्द्र राम, जिराभवानी गाउँपालिका वडा– ४ सुपौलीका वडा अध्यक्ष राजेश्वर थारूको प्रमुख अतिथित्यता, विशिष्ट अतिथि दलित महिला निर्वाचित कोसिलिया देवी राम, सुरेन्द्र पासवान, अशोक राम, सन्जोग राम, शिव राम र दलित अगुवा महिलाहरुको सहभागिता रहेकोे थियोे । कार्यक्रमको सहजीकरण दलितस फाउन्डेसन नेपालका अध्यक्ष तथा दलित सामाजिक अभियन्ता मनोज रामले गर्नुभएको थियो ।

















