कलैया,गत माघ २६ गते जीतपुरस्थित सियासोती खोलामा मृत अवस्थामा फेला परेका ३ वर्षिय बालक अंश चौधरीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

बाराको जीतपुरस्थित मामा घरबाट हराएका बालक अंशको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।
प्रवक्ता सापकोटाले बालक शवको पोष्टमार्टम रिपोर्ट अनुसार बालकको मृत्यु पानीमा डुबेर भएको जानकारी दिनुभएको हो ।
रौतहटको दुर्गाभगवती गाउँपालिकाका रितेश चौधरी र अञ्जली चोधरीका छोरा अंश ६ महीनाअघिदेखि जीतपुरस्थित मामा घरमा बस्दैआएका थिए । अभिभावकहरुले नै अंशलाई मामा घरमा ल्याएर राखेका हुन ।
गत माघ १७ गतेबाट मामा घरबाटै हराएका बालकको शव खोज तलासको क्रममा प्रहरीले १० दिनपछि गत शनिवारजीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७र वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को बीचमा रहेको टेडा रोडको कियासोती खोलामा फेला परेको थियो ।

Leave a Reply