नेपालमा अहिले एउटा मात्रै अन्तराष्ट्रिय स्तरको बिमानस्थल छ जसका कारण त्रिभुवन अन्त्राष्ट्रिय बिमान स्थल जहिले पनि भीडमा रहने गर्दछ ।
कहिलेकाँही त आकाशमा नै जहाज लामो समय होल्ड भएको उदाहरण पनि छन् यसको मतलभ के हो भने नेपालमा तत्काल अर्को बिमान स्थल आवश्यक छ । मुलुकको बिभिन्न स्थानमा दोश्रो अन्तराष्ट्रिय बिमान स्थल बनाउने प्रयास हुदैछ ।
यसैमध्यको एकहो,निजगढ बिमान स्थलको कुरा ।
निजगढ बिमान स्थलको कुरा धेरै अगाडिदेखि उठेको हो । अहिले निजगढमा बिमान स्थल बनाउने बिषयमा बहस हुन थालेको छ ।यसको निर्माणका सवालमा बेला बेलामा विवादमा कुराहरु पनि आउने गर्दछन् ।प्रदेश नम्बर २ कै एकजना मन्त्रीले समेचत बिमान स्थलको बिषयमा विवादास्पद कुरा गरेका कारण बिकासप्रेमी बारावासीको मन दुखेको थियो । ् बिमान स्थल बनाउनका लागि रुखको कुरा बढी उठ्ने गर्दछ ।
अब बिकास गर्नुको पनि बिकल्प छैन र रुख पनि काट्नु पर्ने अवस्था छ । त्यसैले पनि अब रुखका बिषयमा कुरा अल्झाइ रहनु राम्रो कुरा होइन । रुख आवश्यकता अनुसार त काट्नु नै पर्दछ तर रुख काट्ने बिषयमा बिमान स्थल बनाउने कार्य नै रोकियो भने यो प्रदेशको गौरवको आयोजना हुन सक्दैन । त्यसैले अब यो योजनालाई प्रदेशको गौरवको योजनाको रुपमा लिनु पर्दछ ।