बिदुर खडका
डुमरवाना,जीतपुरसिमरा उपमहानगरपालिकाले उद्यमशील वित्तीय साक्षरता तालिम संञ्चालन गरेको छ । व्यवसायमा लागेका र व्यवसाय संञ्चालन गर्ने सोचमा रहेकाहरुको लागि स्थानीय परिवेसको आधारमा तालिम संञ्चालन गरेको हो ।
राष्ट्रिय युवा परिषद र अन्तरर्राष्ट्रिय श्रम संगठनको सहयोगमा ७दिने तालिम संञ्चालन गरेको उपमहानगरपालिका उद्यमशील विकास शाखाका प्रमुख दिपनारायण रायले जनाउनुभएको छ ।
नगर क्षेत्रमा रहेका १६ वर्षदेखि ४० वर्ष उमेरसम्मका युवा तथा बैदेसिक रोजगारबाट फर्किएकाहरुलाई व्यवसाय संञ्चालन गर्न तालिम उपयोगी हुने सहजकर्ता बालकृष्ण गैरे बताउनुहुन्छ ।तालिममा भागलिएकाहरुले आफ्नो व्यवसाय संञ्चालनको लागि ५ जनाको समूह बनाएर ऋण माग गरेमा ५ लाखसम्म बिनाधितो र बिनाब्याज ऋण उपलब्ध गराइने शाखा प्रमुख दिपनारायण राय बताउनुभयो ।तालिममा नगर क्षेत्रका ३६ जना सहभागी रहेका छन ।