नेपालमा राजनीतिक आड पाएपछि तस्करहरू जस्तोसुकै घिनलाग्दो काम गर्न पनि पछि पर्दैनन् । राजनीतिकै अडेस लागेर चुरेमा खोला र पहाडको अवैध दोहन भइरहेको छ । यसबारे दिनहुँ समाचार प्रकाशित हुँदा पनि प्रहरीप्रशासन मूकदर्शक बनेर बस्ने गर्छ । खोलामा बालुवा र गिटी चोरेर रातारात धनी भएकाहरूको प्रतिकार स्थानीयले गर्दा पनि प्रहरी, प्रशासन मौन रहनुको कारण के हो ? जबकि स्थानीय निकायको अनुमति नलिईकन कसैले पनि गिटी, बालुवा र ढुंगा उत्खनन गर्न पाइँदैन ।

 

 

 

 

 

 

 

 

 

 

 

त्यसमाथि चौकीनजिक अवैध उत्खनन भइरहँदा पनि प्रहरीले किन देखेन ? आफ्नो घरखेत नै बाढीको चपेटामा पर्ने भएपछि विरोधमा उत्रेका एक युवाले तस्करहरूले कर्तव्य गरी पासविक हत्या गरे । यी तस्करहरूलाई हत्या गर्ने आँट कहाँबाट आयो ? विगतमा स्थानीयले गरेको प्रतिरोधमा प्रहरी प्रशासन मौन नबसेको भए यसरी नागरिकले अनाहकमा ज्यान गुमाउनुपर्ने थिएन ।

 

 

 

 

 

 

 

 

 

 

चुरे भावर क्षेत्रमा भइरहेको अवैध उत्खननको विरोध धनुषाको मिथिला नगरपालिका – ५ का दिलिप (ओमप्रकाश) महतोले दुई वर्षदेखि गर्दै आइरहेका थिए । उनको आन्दोलनबाट त्रसित क्रसर डन र माफियाले दिलिपलाई ज्यान मार्ने धम्की दिँदै आएका थिए । शुक्रबार बिहान चार बजे बालुवा चोर्दै गरेको ट्रिपर समात्न गएका उनलाई चुरियामाई बालुवा प्रशोधन उद्योगका मालिक विपिन महतोले हत्या गराए । हत्यामा संलग्नलाई करावाही गर्नुको अब बिकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here