वीरगन्ज, कालिकामाई गाउपालिकाको आठौ गाउँसभाको दोश्रो बैठकमा प्रस्तृत नीति कार्यक्रम तथा बजेट बहुमतले अस्वीकृत भएको छ । पालिका प्रमुखको आदेशमा प्रमुख प्रशासकिय अधिकृतले आईतवारको लागि आह्वान गरेको गाउँसभा बहुमतले अस्वीकृत भएको हो ।

कालिकामाईमा अध्यक्षले बजेटको ठूलो भाग आफ्नो अधिनमा राखि वडाहरूमा मात्र ३० लाखको बजेट दिने योजना प्रस्तुत गरेकोले गाउँसभा पटक पटक स्थगित हुँदै आएको छ । कालिकामाईमा १४ करोड भन्दा बढी बजेट पुर्वाधार, शिक्षा, स्वास्थ, कृषि, लक्क्षीत समुह लगायतमा गाउसभाबाट योजना स्वीकृत गरि संचालन गर्नु पर्ने छ ।

तर पालिका अध्यक्ष विशष्ठ कुमारका काका दिनेश कलवारको दबावमा ५ वटा वडा स्तरिय योजनामा ३० लाखको दरले १ करोड ५० लाख, उपाध्यक्षलाई ५० लाख, र बाकी १२ करोड भन्दाबढी बजेट अध्यक्ष आफैले संचालन गर्ने योजना प्रस्तावित भएकोले गाउँसभा सफल हुन सकेको छैन ।

अध्यक्षले बजेटमा एकलौटी गर्दै अधिकांश बजेट डोजर, लोडर, एसी ,जनरेटर, सिसिटिभी जस्ता उपकरण खरिद गर्नमा राखेकोमा सोको बिरोध गर्दै बहुमत सदस्यले पालिकाको भवन निर्माण गर्नुको साथै वडा स्तरिय योजनामा बजेट बिनयोजन गर्न मांग गर्दै आएको वडा नम्बर ४ का अध्यक्ष संजय साहले बताए ।
वडा स्तरिय बजेट नराखि अध्यक्षले बिवाद सृजना गरेको आरोप लगाउदै साहले भने ञउनी यदि इमानदार छन भने , संतुलित बजेट ल्याउथे झ वडाको बजेट कटौती गरि उनको एकलौटी चल्दैन ,साहले भने ।

यस भन्दा अगाडि गाउँसभामा विवादका कारण दुबैपक्षका १ दर्जन नेता,कार्यकर्ता घाईते भएका थिए , तरपनि अध्यक्षले मनोमानी र पुरानै हठ कायम रहेको छ । पालिकाका नागरिक अगुवा र बुद्धिजीवीले अध्यक्षको आफ्नो निर्णय क्षमता नभएकोले समस्या भएको बताएका छन् ।

Leave a Reply