सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुनिल गुप्ता दोषी ठहर भएका छन् ।
वडा अध्यक्ष गुप्ता अदालतको अवहेलना मुद्दामा दोषी ठहर भएका हुन् । उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले गुप्तालाई ठहर गरेको हो । न्यायधीहरु दुर्गा बहादुर विश्वकर्मा र मोहनराज भट्टराईको संयुक्त इजलासले जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख जीतपुरसिमरा–७ का वडा अध्यक्ष र वडा सचिव विपक्षी रहेको अवहेलना मुद्दामा फैसला सुनाएको हो ।२०८१ असार २८ गते उच्च अदालतले एक व्यक्तिको जन्मदर्ता बनाउन आदेश दिएपनि वडा अध्यक्ष र सचिवले आदेशको अवहेलना गर्दै जन्मदर्ता नबनाएपछि उनीहरू विरूद्ध मुद्दा दर्ता भएको थियो ।
अदालतले अवहेलना मुद्दामा वडा अध्यक्ष गुप्ता र वडा सचिवलाई जनही २ हजार रूपैया जरिबाना गरेको हो ।