कृषि कार्यको लागि रसायनिक मल आवश्यक पर्छ । हुनत अर्गानिक मलको प्रयोग सबै दृष्टिकोणले उपयोगी हुन्छ । खेतको माटोका लागि र मानव स्वास्थ्यका लागि पनि प्रारंगारिक मल उत्तम हो तर तत्काल काम गर्ने र बाली सप्रिन भएका कारण नेपालका किसान रसायनिक मलको अत्याधिक प्रयोगमा अव्यस्त जस्तै बनेका छन । त्यसैले पनि अहिले नेपालका कृषकहरुलाई बाली लगाउने बेलामा यो मलधेरै नै जरुरी हुन्छ ।
माटोले नै रासायनिक मल खोजेपछि कृषकहरुले प्रयोग गर्नु नै पर्यो । माटोको उत्पादन शक्ति कसरी घट्यो यसको छुट्टै बहस होला तर माटोका लागि वा बालीका लागि मलको आवश्कयता भने पर्छ नै ।तर,यही रसायनिक मलका लागि कृषकहरु हरेक वर्ष छटपटिनु परेको छ । मलको अभावमा कृषकहरु सधै समस्यामा पर्ने गरेका छन् । मलका लागि हारगुहार मात्र होइन किसानहरुले आन्दोलन समेत गर्न परेको छ ।
नेपाल अझैपनि कृषि प्रधान देश नै हो । तर यो कृषि पेसालाई आधुनिकीकरण र वैज्ञानीककरण गर्न सकिएको छैन । जसका कारण कृषकहरु संधै मारमा पर्ने गरेका छन् । अब तत्काल लागि यो समस्या समाधान हुने पनि देखिदैन । कुनै पनि शासकले चाहेर पनि कृषकका पक्षमा नीति बनाउन सक्दैनन् ।किनभने अहिले नेपालमा रहेका सबै दल र उनीहरुका कार्यकर्ताहरु केवल भाषण गर्न मात्र माहिर छन् । व्यवहारमा उपयोगी काम गर्दैनन् र गर्न पनि जान्दैनन् । कृषिमा आधुनिकीकरण नभएसम्म कृषकहरुको यस्ता समस्या समाधान हुने छैनन् अनि जतिबेलासम्म कृषकहरु मारमा पर्ने छन् तबसम्मदेशपनि खोक्रो हुने निश्चित छ ।