मुलुकमा अहिले तीन तहको सरकार छ । तिनै तहका सरकारहरु जनप्रतिनिसिधहरुको निर्देशनमा चलिरहेका छन् । जनप्रतिनिधिहरुले शासन सत्ता सम्हालेको अवस्था छ । अहिले सबै तहका सरकार जनप्रतिनिधिको भएपछि नागरिकहरुले स्वतः फरक अनुभुति गर्नु पर्ने हो अपेक्षाकृत रुपमा नागरिकहरुले भने जसरी आफ्नै प्रतिनिधिको शासनशैलीको भरपुर रुपमा प्रयोग गर्न पाएका छैनन् । बाराको एक नगरपालिकाका मेयरको चर्चिकला हेर्दा हास्यास्पद छ ।
मेयर आफै जनताले पठाएका ब्यक्ति हुन् । उनीलाई त्यो कुर्सीमा जनताले पुर्याएका हुन् । जनताले निर्वाचित नगरेको भए उनी कसरी मेयर बन्थे र ?हरेक नागरिकहरुले आफूले चुनेर पठाएका आफ्ना जनप्रतिनिधिहरुहरु धेरै कुराको अधिकार राख्ने गर्दछन् । जनताको चाहना पूरा गर्नु जनप्रतिनिधिहरुको दायित्व पनि हो । तर,जनप्रतिनिधिहरु यसरी अराजक हुन्छन् भने जनताले पनि सोच्नेछन् ।
बेलैका यस्ता मेयरहरुले सोच्न आवश्यक छ । मेयर पद तीन बर्षका लागि हो तर जनता संधैका लागि हो । हिसावकिताब जनताले यस्ता मेयरहरुको राम्रो संग गर्नेछन् र गर्नुपनि पर्दछ । त्यसैले पनि स्थानीय सरकार भएको अनुभूति नागरिकहरुले गन आवश्यक छ । स्थानीय सरकारको अनूभूति नागरिकहरुको गर्न पाउदैनन् भने किन चाहियो स्थानीय सरकार ?