आरके राजन

सिम्रौनगढ,सिम्रौनगढमा नेकपा एकीकृत समाजवादीले विरोध जुलुस प्रर्दशन गरेको छ । सिम्रौनगढ नगरपालिकामा भ्रष्ट्रार मौलाएको भन्दै नेकपा एकीकृत समाजवादीले शुक्रवार विरोध जुलुस प्रर्दशन गरेको हो ।प्रर्दशनको क्रममा जमिनको वर्गीकरण गरि कित्ताकाट खुल्ला, नगरपालिकामा मालपोत र नापी शखा यथाशिघ्र सञ्चालन र नगरपालिका भित्रको बेतिथिको विरुद्ध सहभागीहरुले नारा लगाएका थिए । जुलुस सिम्रौनगढ बजार परिक्रमा गरि सिम्रौनगढ नगरपालिका कार्यालयको गेटमा पुगेर कोणसभामा परिणत भएको थियो ।नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य बतहु यादवको प्रमुख आतिथ्य र सिम्रौनगढ नगर कमिटी अध्यक्ष रमेश पन्जालीको अध्यक्षता भएको सो बिरोध सभामा नवलकिशोर पटेल, बिपिन सर्राफ, रोजमहमदलगायतले नगरपालिकामा भएको अनियमितताको विरोधमा बोलेका थिए । कार्यक्रमको सञ्चालन नवलकिशोर ठाकुरले गर्नुभएको थियो ।

Leave a Reply