बालेन शाह नेतृत्वको सरकार गठन भएको अब लगभग एक महिना हुनै लाग्यो भनेपनि हुन्छ, किनभने उहाँ प्रधानमन्त्री पदमा आसिन भएको यही बैशाख १३ गते एक महिना हुदैछ ।शुरुवाति दिनदेखि नै निकै आक्रामक देखिएको सरकारको गति अहिलेसम्म पनि कायम नै छ । कसैलाई पक्राउ गर्नुलाई मात्रै सरकारको रफ्तार मान्नुभन्दा पनि सुशासन र नागरिकहरुलाई राहत दिने विषयमा सरकारको रफ्तार चैं कस्तो छ भन्ने कुराको अर्थ रहन्छ । जनतालाई राहत दिने सवालमा त सरकारले अहिले केही दिएको छैन तर केही गर्ने छाँटकाँट भने देखाएको छ ।
केही कुरामा यो सरकारले परिवर्तन गर्न खोल्दैछ । देश बन्छ, मुलुक बन्छ भने केही गर्न दिनु पनि पर्दछ । विगतमा देशमा गर्छु भन्ने धेरै आए तर गरेनन् । यसपालि चैं काम गर्नुको विकल्प पनि छैन ।त्यसैले बालेन शाहको टीमले काम गर्नका लागि कम्मर कसेको जस्तो देखिन्छ । प्रचार मात्र नहोस्, काम होस् नागरिकहरुले यति चाहेका छन् । हल्लाखल्ला पनि नहोस् । त्यो पनि आवश्यक छैन । बस देश र जनताको हितमा काम होस् ।
पछिल्लो पटक सरकारले संसदमा रहेका दलहरुको समेत बाचा पत्र समेटेर देश बनाउने एउटा प्रतिबद्धता सार्वजनिक गरेको छ । नेपालका सबै राजनीतिक दलहरुले आफ्नो घोषणा पत्रमा देश बनाउने कुरा गरेकै हुन्छन् तर काम गर्दैनथे । यसपालि पनि सरकारले विपक्षीहरुको कुरा पनि पाँच वर्षमा समेट्ने कुरा गरेको छ । यो अत्यन्त सहहनीय कार्य हो । राम्रो कामको समर्थन गरौं, सहयोग गरौं । विरोध मात्र नगरौं, काम गर्न दिऔं, सहयोग गरौं फेरि काम नगरे त भविष्य बालेनहरुको पनि सुनौलो त कहाँ छ र ? आगामी निर्वाचनमा जनताले फेरि पनि सबैको हिसाव किताव गर्ने नै छन ।
















