वीरगञ्ज,पर्सा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बोखारचोकस्थित सडकखण्डबाट लागुऔषधसहित दुईजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा वीरगञ्ज महानगरपालिका– २० बस्ने २१ वर्षका विष्णु पटेल र सोही ठाउँका २० वर्षीय राजन यादव रहेका छन् ।विशेष सूचनाको आधारमा मधेश प्र.०३–००१ च ७०९८ नम्बरको पिकअपलाई रोकेर जाँच गर्दा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरिएको अवस्थामा ठूलो परिमाणमा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट लागुऔषध नुरफिन १२०० पिस, फेनारगन १२०० पिस, डाइजेपाम १२०० पिस, ओनेरेक्स १०० एमएलको ५० बोत्तल, टेपनटाडल १०० एमजीको ३९ पत्तामा ३९० पिस ट्याब्लेट फेला पारेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।



















