राजनकुमार बानिया
पोखरिया,हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिस फोर दलितस् फाउन्डेसन नेपाल, मधेस प्रदेश, पर्साको सहकार्यमा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ३ कौवावन गाउँमा रहेका १ सय ५ दलित समुदायका मुसहर बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरिएको छ ।
दलित बालबालिकालाई बिहीवार एक कार्यक्रमकाबीच दस हजार मूल्य बराबरको कापी कलम, सिसाकलम, कटर ईलेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको हो ।

दलित समुदायका बालबालिकाहरुको शिक्षामा पहुँच, विद्यालयमा टिकाउ, शिक्षामा निरन्तरता, गुणस्तरीय शिक्षा, सिकाइमा सुधार, अभिभावकको चासोको वृद्धि जस्ता उद्देश्य पुरा गर्न शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको छ । शैक्षिक सामग्री प्राप्त गरेपछि दलित समुदायका बालबालिका र उनीहरुका अभिभावकहरु पनि खुशी भएका थिए । अभिभावकहरुले वरिष्ठ समाजसेवी देवी डेविट आचार्यलाई सहयोगको लागि धन्यवाद दिएका छन ।शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रमको अध्यक्षता दलित अभिभावक संघकी अध्यक्ष उर्मिला देवी मुसहरले गर्नुभएको थियो भने कार्यक्रममा पिसफोर दलितस् फाउन्डेसन नेपालको कार्यकारी निर्देशक पारमानन्द राम, फाउन्डेसनका सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम, संगीता देवी मुसहर, अशोक रामलगायत स्थानीय दलित युवा, महिला र बालबालिकाहरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सहजीकरण पिसफोर दलितस् फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज रामले गर्नुभएको थियो ।

हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैरमुनाफा मूलक सामाजिक संस्थाको रुपमा दर्ता भएको संस्था हो । स्थापनाकालदेखि नै सो संस्थाले अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्रमा रहेका घरबार बिहिन र मागेर जीविका चलाउने गरिव दुःखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आएको छ ।संस्थाले नेपालको विभिन्न जिल्लाका दलित समुदायको लागि आर्थिक सहयोग, अतिविपन्नको लागि खाद्यान्न राहत, दलित बालबालिकाको लागि शैक्षिक सामग्री सहयोग जस्ता सामाजिक कार्यमा सहयोग पु¥याउदैआएको र यसको लागि एचडीएनपी इन्टरनेसनका अध्यक्ष देवी डेविड आचार्यले सहयोग गर्दैआउनुभएको छ ।

Leave a Reply