वीरगञ्ज,पर्सा प्रहरीले एक करोडभन्दा बढी मूल्य बराबरका सामानसहितको ट्रकहरु नियन्त्रणमा लिएर राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।प्रहरीले एक करोड ९५ लाख ४९२ मूल्य बराबरका साइन्टिफिक क्यालकुलेटर तथा हेयर ट्रिमर लोड रहेका ट्रकहरु राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।

विशेष सूचनाको आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चोकमा बा १ ख ९९०९, ना ६ ख ५४९१ र ना ६ ख ६३९७ नम्बरको ट्रक रोकेर जाँच गरेको थियो । जाँच गर्ने क्रममा वीरगञ्जबाट काठमाण्डौँतर्फ जाँदै गरेका उक्त ट्रकहरुमा लोड रहेका समान बिल बिजकभन्दा बढी रहेको आशंकामा नियन्त्रणमा लिइएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताउनुभयो ।उहाँका अनुसार बरामद सामानसहितको ट्रकहरु आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको हो ।

Leave a Reply