यसो भन्दा माननीय मन्त्री ज्यूको अपमान पनि गरेको जस्तो लाग्ला तर हाम्रो नियत चैं मन्त्री ज्यूको अपमानभन्दा पनि उहाँले यही कुराले गर्दा चैं बोलेको कुरा पुर्याउनु होला कि भन्ने लागेर भनिएको हो ।

स्वास्थ्य मन्त्री उपेन्द्र यादवले आगामी आर्थिक वर्षदेखि बाराको निजगढमा अन्तर्राष्टिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्ने कुरा गर्दा जिल्लाबासीलाई अलिक विश्वास लागेको छैन । त्यसो त फेरि उहाँले अग्रसरता देखाउनुभयो भने चैं असंभव भन्ने पनि छैन तर अहिलेको अवस्थामा बारामा विमानस्थल बनिहाल्ने अवस्था भने छैन ।

प्रक्रिया अगाडि बढ्छ भनेको भए एउटा कुरा हुने थियो होला तर निर्माणको काम नै अगाडि बढ्ने भनेपछि चैं अहिलेका लागि यो अलिक हावा कुरा नै हो । हुनत अर्को सालको बैशाख जेठमा शुरु भएपनि काम त शुरु भयो भन्ने तर्क आउला तर यसरी बिना तयारी तत्काल निजगढमा विमानस्थल बन्ने संभावना छैन । बरु यसका लागि वर्तमान सरकारमा रहेको नाताले अहिलेबाट नै केही तयारी भने गर्दा उचित होला ।

केवल बजेट अनि कार्यक्रममा त यो विषयमा संधै आउने गरेकै छ । तर, काम नभएको भने दश वर्ष भइसकेको छ । न त यो विमानस्थल बनाउने विषयमा कुनै पनि सरकार गम्भीर भए न त कुनै राजनीतिक दल नै । जो आए पनि केवल यसलाई भजाउने एउटा अस्त्र मात्रै बनाइरहेका छन् । यस क्षेत्रका नागरिकहरुले यहाँ चाँडो काम होस् भन्ने चाहेका छन् तर त्यसो हुन सकेको छैन । त्यसैले पनि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बोलेको कुरा हावा नहो्स् बाराबासी मात्र होइन मधेस र राष्ट्रकै जनताले यही चाहेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here