काठमाडौं । अघिल्लो दिन ३२।६५ अंकले घटेको सेयर बजार मंगलबार सामान्य सुधारसहित बन्द भएको छ। कारोबारको अधिकांश समय घटेको बजार अन्तिम समयमा बढ्दै ६.६२ अंकले उकालो लागेको हो।

मंगलबारको कारोबारपछि नेप्से परिसूचक २ हजार ६६४ अंकमा कायम भएको छ। बजार बढे पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ७ अर्ब १८ करोड रुपैयाँको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोड रुपैयाँमा सीमित भयो।

आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रह्यो।

होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०७ प्रतिशत बढेको छ। अक्टोबरमा नेपाल भित्रिने पर्यटकको संख्या बढेसँगै यस क्षेत्रमा सकारात्मक प्रभाव देखिएको जनाइएको छ। बैंकिङ, विकास बैंक, जलविद्युत्, जीवन बीमा, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूह पनि सामान्य बढेका छन्।

शिखर पावरको सेयर मूल्य ५.९४ प्रतिशत बढेर सबैभन्दा धेरै वृद्धि भएको छ। रिभर फल्स पावर, त्रिशूली जलविद्युत्, एनआईसी एसिया बैंक र सानीगढ हाइड्रोको मूल्य पनि बढेको छ।

हालै सूचीकृत बेनी हाइड्रोको मूल्य ५.०४ प्रतिशत घटेको छ। चिरख्वा हाइड्रोपावर र युनिभर्सल पावरको मूल्य पनि ओरालो लागेको छ।

आज कारोबार रकमका आधारमा ग्लोबल आईएमई बैंक, बुटवल पावर, कुमारी बैंक, सोल्टी होटल, सानिमा मिडिल तमोर, लक्ष्मी सनराइज बैंक र घलेम्दी हाइड्रोपावर अगाडि रहे।

Leave a Reply