निजगढ,परिवर्तनका लागि युवा परिषद र स्थानीय तहको सहकार्य तथा मकवानपुर पुस्तकालय अभियान समुहको सहयोगमा निजगढ नगरपालिका वडा नम्बर ६ सडकटोलमा शनिबार पुस्तकालयको स्थापना भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता एंव युवा तथा खेलकुद पूर्वमन्त्री पुरूषोत्तम पौडलले पुस्तकालयको उदघाटन गुर्नभएको थियो । पुस्तकालयमा हेटौंडा पुस्तकालय अभियानले ५० हजार बराबरको १ सय ५३ थान पुस्तक सहयोग गरेको छ ।

विगत ४ वर्षदेखि निरन्तर रूपमा सरसफाइ अभियान, वृक्षरोपण अभियान, विविध अन्तरक्रिया कार्यक्रम, बाल शिक्षण कार्यक्रम, बाल पार्क निर्माण जस्ता रचनात्मक कार्यक्रमहरू संचालन गर्दै आएको युवा परिषद्ले निजगढ नगरपालिका वडा नम्बर ६ मा स्थानीय वडाको सहकार्य र हेटौंडा पुस्तकालय अभियानको सहयोगमा पुस्तकालय स्थापना भएको हो । पुस्तकालयमा विद्यालयका पाठ्यक्रम बाहेक धार्मिक, संस्कृतिक, साहित्यक, इतिहास र विश्व प्रसिद्व व्यक्तिहरूको जीवन गाथासँग सम्बन्धित पुस्तकहरू पनि राखिएको परिवर्तनका लागि युवा परिषदका सचिव बालकृष्ण हुमागाईले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री पौडेल, निजगढ नगरपालिकाका उपमेयर लिलादेवी लामिछाने खनाल, वडा नम्बर ६ का वडाध्यक्ष श्री कुशबहादुर थापा, वडा सदस्य श्रीरामप्रसाद हुमागाई, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्राचार्य यादवकुमार तिमल्सिना, हेटौंडा पुस्तकालय अभियानका अभियान्ताहरू सुरेश श्रेष्ठ, नरेन्द्र भण्डारी, कैलाश धिताल लगायतले बोल्नुभएको थियो ।

Leave a Reply