आरके राजन
सिम्रौनगढ,सशस्त्र प्रहरी बल नेपाल र सीमा व्यवस्थापनसंग सरोकार राख्ने निकायका प्रतिनिधिहरुबीच आइतवार बाराको सिम्रौनगढ नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर बाराको आयोजनामा भएको सो कार्यक्रममा सीमा सुरक्षाको वर्तमान अवस्था, समस्या र चुनौती, दसगजा र सीमा स्तम्भहरुको अवस्था र सुरक्षा प्रयास, अन्तर्राष्ट्रिय अपराधको अवस्था र रोकथामका उपायहरु तथा सीमा क्षेत्रबाट हुने अबैध चोरी निकासी÷पैठारी र नियन्त्रणका उपायहरुको बारेमा छलफल भएको थियो ।

त्यसैगरी सीमा क्षेत्रका बासिन्दाहरुको सुरक्षा अवस्थालाई व्यवस्थित गर्न चाल्नु पर्ने कदम, पर्यटकहरुको आवतजावतमा गर्नुपर्ने सहजीकरण, मानव बेचबिखन नियन्त्रण तथा तेश्रो मुलुकबाट हुने अबैध आवागमन नियन्त्रण र छिमेकी देशका सुरक्षा अधिकारीहरुसंग आपसी सहयोग र समन्वयको विकास गर्ने लगायतका विषयमा कार्यक्रममा छलफल भएको थियो ।
सिम्रैनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारको अध्यक्षतामा भएको सो कार्यक्रममा सिम्रौनगढ नगरपालिका– वडा नम्बर ३ का वडा अध्यक्ष एजुलाह अन्सारी, वडा नम्बर ६ का अध्यक्ष नन्दकिशोरप्रसाद जयसवाल, ९ का वडा अध्यक्ष रामएकवाल प्रसाद यादव, ईलाका प्रहरी कार्यालय सिम्रौनगढका बरिष्ठ प्रहरी सहायक निरीक्षक अर्जुन सिंह ठ्गुना, ईप्रका सिम्रौनगढका यु.एन. ओ.पी.एस. का काउन्सलर रेणु कर्ण, यु.एन. ओ. पी. एस. का सोसल मोबिलाईजर अनिश कुशवाहा, डीडीआरसिका कार्यालय सहजकर्ता मनिषा कुमारी र आदर्श विकास समाजका अध्यक्ष रामेश्वर प्रसाद, सिम्रौनगढ उद्योग वाणिज्य संघका सचिव रामबाबु कुशवाहा, महिला सञ्जालकी फुलपती देबी मुखियालगायतले अआफ्नो बिचार र जिज्ञासा राखेका थिए ।

कार्यक्रममा सहजीकरण गर्दै सशस्त्र प्रहरीका डिएसपी प्रदीप थापाले सहभागीहरुको जिज्ञासाको उत्तर दिनुभएको थियो । सशस्त्र प्रहरी बल बिओपी गोलागन्जका प्रहरी निरीक्षक केशव शर्माले सन्चालन गर्नुभएको कार्यक्रममा स्थानीय व्यवसायी, महिला अधिकारकर्मी, जनप्रतिनिधि र सन्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply