सिमरा,सिमराबाट प्रहरीले १७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी टोलीले जीतपुरसिमरा १ सिमरास्थित राज होटलको १०६ नम्बर कोठाबाट भारतीय नागरिकलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारत विहार राज्यका ३० वर्षीय रञ्जनकुमार सिंह, ३५ वर्षीय गौतम कुशवाहा र ४० वर्षीय संजिवकुमार राम रहेका छन् । उनीहरुको साथबाट एक सय ७० ग्राम लागूऔषध बरामद भएको बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।

लागूऔषध नियन्त्रण व्यूरो वीरगञ्ज र ईलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले उनीहरुलाई कोठाबाट पक्राउ गरेको थियो । पक्राउ परेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।
९ जना फरार प्रतिवादी पक्राउ
निजगढ,निजगढ प्रहरीले हातहतियार तथा खरखरजना मुद्दामा अदालतबाट ५ हजार रुपैया जरिवाना फैसला भएका निजगढ १० बस्ने कर्णबहादुर वाईबासहित आइतवार एकैदिन ९ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
प्रहरीले हातहतियार तथा खरखजना, सवारी ज्यान, गाली बेइज्जति, सार्वजनिक अपराध र कुटपिट मुद्दामा जिल्ला अदालत बाराबाट जरिवाना सजाय फैसला भएपछि फरार रहेकाहरुलाई खोजतलास गरी पक्राउ गरेको जनाएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा निजगढ ९ का राजकुमार श्रेष्ठ, सोही वडाका छोटेलाल श्रेष्ठ, शिवलाल श्रेष्ठ र विष्णु श्रेष्ठलगायत रहेका छन । सवारी ज्यान मुद्दामा अदालतले २ हजार रुपैया जरिवाना तोकेपछि राजकुमार फरार रहदैआएका थिए भने छोटेलाल, शिवलाल र विष्णु श्रेष्ठ विरुद्ध अदालतले गाली बेइज्जति मुद्दामा २÷२ सय जरिवाना फैसला गरेको थियो ।

त्यसैगरी सार्वजनिक अपराध मुद्दामा अदालतबाट ३ हजार जरिवाना फैसला भएकी निजगढ८ की तारा गुरुङ, सोही अपराधमा १ हजार जरिवाना तोकिएका निजगढ ५ का अमर बिश्वकर्मालाई पनि पक्राउ गरिएको छ ।त्यस्तै गाली बेइज्जति मुद्दामा दोषि ठहर निजगढ ९ बस्ने सेती माया श्रेष्ठ र कुटपिट मुद्दामा जरिवाना फैसला भएकी निजगढ ३ बस्ने भगवाती सिग्देललाई पनि पक्राउ गरिएको प्रहरी जनाएको छ । पक्राउ परेका सबैलाई हिजो नै आवश्यक कारबाहीको लागि जिल्ला अदालत बारामा पेस गरिएको निरीक्षक कुशवाहाले जानकारी दिनुभयो ।

Leave a Reply