वीरगन्ज,सामुदायिक प्रहरी सेवा केन्द्र मुरली श्रीपुरको आयोजनामा बिहीबार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र मुरलीका अध्यक्ष रामकुमार सर्राफको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ३ जना महिलासहित ३३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिनुभयो ।

वडा कार्यालयसँगको समन्वयमा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत आयोजित कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले प्रहरीसँगको सहकार्यमा केन्द्रले गरेका गतिविधिहरुको प्रशंसा गर्नुभयो । समाजमा विद्यमान बेथितिहरुको विरुद्धमा नागरिकलाई जागरुप बनाउनेदेखि लिएर अन्य सामाजिक क्रियाकलापहरु सञ्चालन गरी ‘प्रहरी मेरो साथी’ भन्ने भनाइलाई सार्थकता प्रदान गर्नुपर्नेमा नगरप्रमुख सरावगीले जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुम्न सेढाई, वडा प्रहरी कार्यालय श्रीपुरका प्रमुख प्रहरी निरीक्षक दिनेश गौतम, केन्द्रका सचिब दिलिप प्रधान, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी सेवा केन्द्र आर्दशनगरका अध्यक्ष जयप्रकाश खेतान, मिनाबजारका अध्यक्ष बिदुर गुप्ता लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा सविना खातुन, गीता चौहान, सलेदा खातुन, सन्तोष साह, प्रदिप ढुंगाना लगायतले रक्तदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here