हेटौंडा – प्रदेश नं. ३ को प्रदेशसभा बैठक आगामी पुसको अन्तिम साता बस्ने भएको छ । प्रदेश नं. ३ का सत्तारुढ नेकपा संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम सातामा बस्ने जानकारी दिएका हुन् ।
उनले उक्त अधिवेशनको लागि अवश्यक कार्यसूचीको पुर्ण तयारी भइरहेको बताए । मुख्य सचेतक फुँयालले आगामी हिउँदे अधिवेशनमा प्रदेश ३ को स्थायी राजधानी र नामाकरणबारे टुंगो लगाइने पनि विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारले चालु आ.व. भित्र ल्याएको बजेटमा प्रदेशका विभिन्न जिल्लामा राष्ट्रिय गौरबको आयोजनाहरुको निर्माण कार्य भइरहेको र अहिले ती जिल्लाहरुमा मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट खटिएका उच्च अधिकृतहरुले प्रत्यक्ष अनुगमन गरिरहेको जानकारी दिए ।