निजगढ,भूमि समस्या समाधान आयोग बारा जिल्ला समितिले पूर्णता पाउन नसक्दा आयोगको काम प्रभावित बनेको छ ।
आयोगको जिल्ला समितिको अध्यक्ष पदमा भरतबहादुर घलेले गत पुस महिनाको २९ गते पद तथा गोपनियताको शपथ लिएको भएपनि समितिले पूर्णता नपाउँदा आयोगको काम प्रभावित बन्दैआएको हो ।जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ सदस्य र महिलासहित ३ जना सदस्य रहने नियमावलीमा व्यवस्था छ । तर हालसम्म अध्यक्ष र महिला सदस्य मात्र नियुक्त भएका छन् । विज्ञ सदस्य नियुक्त नहुँदा समितिले पूर्णता पाउन सकेको छैन् ।
समितिको महिला सदस्यमा भने कलैया उपमहानगरपालिका– १२ की कलावति देवी पासवान नियुक्त हुनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले शुक्रवार महिला सदस्य पदमा कलावतिलाई समितिको महिला सदस्यमा नियुक्त गर्नुभएको हो ।नेपाली काँग्रेसकी नेतृ पासवान पूर्व राज्यमन्त्री समेत हुन्ुहुन्छ । उहाँ यसअघिको आयोगको बारा जिल्ला समितिमा समेत सदस्य रहनुभएको थियो ।


















