वीरगञ्ज,वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा जारी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणनाको क्रममा मतपेटिकाबाट एक जनाको नेपाली नागरिकताको प्रमाण पत्र भेटिएको छ ।गत बिहीवारदेखि रोकिएको मतगणना बुधवार दिउँसोदेखि सुरु भएपछि कोठा नम्बर ४ को मतगणना केन्द्रमा रहेको एउटा मतपेटिकाबाट नेपाल नागरिकताको प्रमाण पत्र भेटिएको हो ।

ठाकुरराम बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत दिलीप सिंहका अनुसार, मतगणना गर्ने क्रममा मतपत्रसँगै पर्साको सखुवाप्रसौनी गाउँपालिका– ६ निवासी गोपी राउत अहिरका छोरा मोतीलालप्रसाद यादवको नागरिकता भेटिएको हो । नागरिकता प्रहरीको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।ठाकुरराम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनलाई लक्षित गरेर फर्जी शैक्षिक प्रमाणपत्र र कागजातको आधारमा सयौँ विद्यार्थीहरूको भर्ना भएको आरोप लागिरहेको अवस्थामा मतपेटिकाबाट नागरिकता भेटिनुले शङ्का उत्पन्न गरेको छ ।मतदानको दिन परिचय पत्र नभएका विद्यार्थीहरूलाई नागरिकता र भर्ना पुर्जीको आधारमा मतगणना गर्ने अनुमति दिइएको थियो । नागरिकता धनी यादवले भने नागरिकता मतपेटिकामा नभेटिएर बाहिर भेटिएको दाबी गर्नुभएको छ ।

Leave a Reply