सिमरा,बारा जीतपुरसिमरा उपमहानगरपालिकास्थित बालगंगा खोला किनारको नदी उकासको सार्वजनिक जग्गामा सञ्चालन भइरहेका बालुवा उद्योगहरु बन्द हुनु पर्ने माग गर्दै स्थानीयले प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ डुमरवानाका स्थानीयले प्रशासनलाई लिखित निवेदन दिएर अनुमति नलिइ मापदण्ड विपरित सञ्चालनमा रहेका बालुवा उद्योग बन्द गर्न माग गरेका हुन् ।

ना ७ ख ५०९८ नं को बालुवा बोकेको टिपरले पौष १ गते जीतपुरसिमरा वडा नम्बर १५ शुक्लैयाका तुलसी चौधरीको २ वर्षको नाती जीवन चौधरीलाई ठक्कर दिएपछि स्थानीयहरुले बालुवा प्रशोधन उद्योगहरु तत्काल बन्द गर्न माग गर्दै बिरोध गर्दै आएका थिए ।

खोलामा उत्खनन बन्द रहेको अवस्थामा पनि उद्योग मालिकहरुको मिलेमतोमा स्काभेटर प्रयोग गरी स्टक नदीजन्य पदार्थ भन्दै २४ सांै घन्टा उद्योग सञ्चालन गरी बालुवा, ढुंगा बिक्री गरिएको, रातभर चल्ने टिपरका कारण डुमरवाना—सिमरा सडक खण्डको कालोपत्रे ७५ प्रतिशत भत्किएको र खोलामा चलेका बालुवा उद्योगका कारण छेउछाउका मानव वस्ती जोखिममा परेकोले बालुवा उद्योग यथाशिघ्र बन्द गर्न ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

स्थानीय ६५ जनाले संयुक्त हस्ताक्षर सहितको ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईलाई बुझाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here