निजगढ – निजगढ नगरपालिकाले दादुरा,रुबेला र पोलियो बिरुद्धको खोप कार्यक्रम संचालनमा ल्याएको छ । खोप कार्यक्रमको वडा नम्बर ८ को कार्यालयबाट सुचारु गरिएको छ । नगर भित्रका बालबालिकाहरुलाई पोलियो, दादुरा र रुबेला जस्ता रोगहरुबाट सुरक्षित राख्न खोप कार्यक्रमको संचालन गरिएको हो ।
आगामी फाल्गुन २ गतेसम्म संचालन गरिने खोप कार्यक्रम प्रत्येक वडाहरुमा संचालन गरिएको निजगढ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश लामाले बताउनुभयो । कार्यक्रम अन्तर्गत ९ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई खोप लगाईने छ ।