वीरगञ्ज,प्रेस चौतारी नेपाल पर्साको पहिलो कार्यकालको अध्यक्षमा निरञ्जन मिश्र निर्वाचित हुनुभएको छ ।
शनिवार भएको मतदानमा अध्यक्ष पदका दुई उम्मेदवार मिश्र र तुलसी भण्डारी समान ४६-४६ मत पाएका थिए । दुबै उम्मेदवारले बराबर मत पाएपछि भएको गोलामा मिश्राले पहिलो कार्यकालको अध्यक्ष जित्नुभएको हो ।

चौतारीको विधान र दुवै जनाबीच आधा आधा कार्यकाल बाड्ने सहमति बमोजिम गोला प्रथा गरिएको थियो । गोला प्रथाबाट मिश्राले पहिलो डेढ वर्षे कार्यकाल पाउनुभएको हो । दोस्रो कार्यकालको नेतृत्व भण्डारीले गर्नुहुनेछ ।यस्तै खुल्ला उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली, महिला उपाध्यक्षमा लक्ष्मी खरेल, सचिवमा कृष्ण कुशवाहा, सहसचिवमा पन्नालाल प्रसाद, समावेशी सहसचिवमा मन्सुर खान र कोषाध्यक्षमा सन्तोष पटेल निर्वाचित भएका छन् ।प्रेस चौतारी पर्साको नयाँ नेतृत्व चयनका लागि शनिवार भएको निर्वाचनमा कूल ११० मतमध्ये ९५ मत खसेको थियो ।

Leave a Reply