कलैया,जिल्ला प्रशासन कार्यालय बाराको टोलीले शुक्रवार भूमि सुधार तथा मालपोत कार्यालय बारामा छड्के अनुगमन गरेको छ ।अनुगमनको क्रममा मालपोत अधिकृत उदयशंकर चौधरीसहित १७ कर्मचारी अनुपस्थित भेटिएका छन प्रशासकीय अधिकृत दीपेन्द्रप्रसाद यादवको नेतृत्वमा सेवाग्राहीको गुनासोपछि कर्मचारीको उपस्थितिको अनुगमन गरिएको थियो । अनुगमनका क्रममा मालपोत अधिकृत चौधरीसहित नायब सुब्बा राजकिशोर चौधरी, रामजी साह, कम्प्युटर अपरेटर जितेन्द्रप्रसाद यादव, कार्यालय सहयोगी, चौकीदार र स्विपरसमेत अनुपस्थित रहेको पाइएको हो ।
मालपोत कार्यालय बाराका प्रमुख सालिकराम ढकालले अनुपस्थित कर्मचारीहरूको हाजिरी काटिएको बताउनुभएको छ । अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थित भई छिटो–छरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।

Leave a Reply