वीरगन्ज,नेकपा एमालेका प्रदेश नम्बर २ का इचार्ज रघुवीर महासेठले प्रदेश २ मा आगामी निर्वाचनमा कसैसंग पनि सहकार्य नहुने बताउनुभएको छ । बिहीबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा इंचार्ज महासेठले माधव नेपालको एकीकृत समाजवादी पार्टीसंग भने कुनै पनि हालतमा एकता नहुने बताउनुभयो । उहाँले माधवकुमार नेपालले राजनीतिक अपराध गरेका कारण उहाँलाई क्षमा दिन सकिने पनि जिकिर गर्नुभयो । माधव नेपाल नवौं महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि कुनै न कुनै निहुँ खोजेर पार्टीलाई असफल बनाउन लागि परेको आरोप पनि लगाउनुभयो ।

देशी तथा बिदेशी शक्तिहरुले नेपाललाई प्रयोग गरेर एमाले विभाजन गरेको पनि उहाँले आरोप लगाउनुभयो । प्रेस चौतारी पर्साका सहसंयोजक तुलसी भण्डारीको अध्यक्षतामा र तिवारी यादवको संचालनमा सम्पन्न भएको कार्यक्रममा एमाले प्रदेश २ की अध्यक्ष ज्वाला साह, एमालेका २ नम्बर प्रदेशका पूर्वइन्चार्ज सत्यनारायण मण्डल, प्रदेश २ का सहइन्चार्ज लीला श्रेष्ठ, पूर्व मंत्री जुली महतो, एमालेका केन्द्रीय सदस्य अच्युत मैनाली, जिल्ला अध्यक्ष प्रभु हजरा लगायतका नेताहरुको उपस्थिति थियो ।

Leave a Reply