दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ४ सुखीपथरामा तराई मधेस संवृद्धि कार्यक्रम तथा बारागढी गाउँपालिकाको सहयोगमा ३५ दिने मोबाइल मर्मत तालिम बुधवारबाट शुरु भएको छ ।सुखीपथरामा रहेको दलित भवनमा शुरु भएको सो सीपमुलक तालिममा पालिकाका युवा÷युवती गरी २० जनाको सहभागिता रहेको छ ।गाउँपालिकाका अध्यक्ष अशोककुमार जयसवालको अध्यक्षतामा भएको सो तालिम उद्धाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीदेबी राय, वडा नम्बर ४ का वडाअध्यक्ष पन्नालाल साह, वडा सदस्यहरु संजय साह बानिया, ईजरायल मिया, चम्पा देबी चम्ईन, मिरा देबी राम, गाउँपालिकाका सूचना प्रविधि अधिकृत धुरेन्द्र ठाकुर, शाखा अधिकृत महेशकुमार ठाकुरलगायतको विशेष उपस्थिति रहेको थियो । तालिमका सहभागीहरुलाई दयाराम चौरसिया र मुकेश कुमारले मोबाइल मर्मतसम्बनिध प्रशिक्षण दिनुहुने बताइएको छ ।

Leave a Reply