नेपाली राजनीतिमा सहमति भन्ने कुरा राजनीतिक दलले आफ्नो स्वार्थ र समय अनुकुल प्रयोग गर्ने गर्दछन् । सहमति भएपनि देश र जनताको कुरा गरेपनि स्वार्थका लागि हुने गरेको पाइन्छ । यद्यपि सहमति स्वार्थका लागि नै भएपनि आफैमा महत्वपूर्ण कुरा हो तर नेपालमा भएको राजनीतिक परिवर्तनमा दलहरुका बीचमा कतिपय कालखण्डमा भने सहमति भएका छन् । त्यो भने सकारात्मक कुरा हो ।
त्यसो त मुलुकको सबैभन्दा पुरानो पार्टीमा भने सहमतिको खडेरी नै देखिन्छ । नेपाली काँग्रैसको अहिले महाधिवेशन चल्दैछ । काँग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवारहरु नै आधा दर्जन छन् । लोकतान्त्रिक प्रकृयामा र पार्टीमा आकांशी धेरै हुन् पनि स्वभाविक नै होला ।
तर, यो स्वभाविकताले पार्टीलाई कमजोर बनाउने छ । यस्तो देखिएको छ । समूहको नाउमा गुट र उपगुट पार्टीमा हाबी भएकै हो । त्यसैले पनि सहमतिको नाउमा भएका कतिपय कुरा आफैमा ठीक भएपनि समूहको नाउमा भएका राजनीतिले भने गुट नै सृजना गर्ने हो । यसअघि पनि चरम गुटबन्दीका कारण नेपाली कांग्रेशले विभाजनको पीडा बेहोरेको थियो । त्यसै गुटबन्दी बढदै जादा नेपालका सबैभन्दा ठुलो दल नेकपा एमाले यसअघि पटकपटक विभाजित हुदै आएको छ । नेपालका अन्य दलमा पनि यस्तै गुटबन्दी हाबी हुदै गएको छ । यसले दलहरुलाई कमजोर पार्ने र अन्तत्वगत्वा लोकतन्त्रमाथि नै संकट पैदा नहोला भन्न सकिन्न ।