निजगढ,राष्ट्रिय फुटबल टोलीमा स्थान बनाउन सफल युवा फुटबलर सृजनराज गौतमलाई निजगढ नगरपालिका वडा नम्बर ५ को कार्यालय र जनजागृति सुन्दर सामुदायिक वन समूहले आइतवार नगद पुरस्कारसहित सम्मान गरेको छ ।
हालै घोषणा भएको राष्ट्रिय फुटबल टोली पर्न सफल भएका फुटबलरल गौतमलाई वडा कार्यालयको तर्फबाट नगद ११ हजार र वन समूहले ५ हजार १ सय रुपैया पुरस्कार प्रदान गरेको वडा कार्यालयका कर्मचारी निरज श्रेष्ठले जानकारी दिनुभयो ।सम्मान कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, जनजागृति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जयप्रसाद ढुंगाना, कार्यपालिका सदस्य शर्मिला विक, बारा जिल्ला फुटबल संघका सदस्य भोलाप्रसाद ढुंगाना, वडा समितिका सदस्यहरू, टोल विकास संस्थाका अध्यक्ष लिलाहरी चौलागाईं, वडा कार्यालय सचिव सुजित कर्णलगायत स्थानीय भद्रभलादमी र खेलप्रेमीको उपस्थित रहेको थियो ।निजगढ ५ शिखरबस्ति घर भएका सृजन नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक रोशले गत जेष्ठ १९ गते घोषणा गरेको ३० सदस्यीय राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाउन सफल भएका थिए ।पछिल्लो समय संकटा क्लबबाट घरेलु फुटबलमा राम्रो प्रदर्शन गर्दै अएका सृजन नेपाल सुपर लिगको तेस्रो संस्करणमा एफसी चितवन टिममा थिए । तर उनले एक खेलमा मात्र अवसर पाए । स्थानीय क्लबबाट फुटबल खेल्न थालेका सृजनले गत वर्ष भएको शहीद स्मारक सी डिभिजन लिगमा बागमती युथ क्लबबाट पनि खेलेका थिए ।

Leave a Reply