वीरगञ्ज,वीरगञ्ज महानगरपालिका– १४ गण्डक चौकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकजना युवति गम्भीर घाइते भएकी छन् । स्कुटरमा सवार थप एकजना पनि सामान्य घाइते छन ।बारा जिल्लाको परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा ५१ प ८४२५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७९८८ नम्बरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो ।
ट्रकको ठक्करबाट स्कुटर चालक बाराको प्रसौनी गाउँपालिका– ४ की २२ वर्षीय मधु शुक्ला घाइते भएको पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक, (डिएसपी) किशोर लम्सालले जानकारी दिनुभयो ।डिएसपी लम्सालले मधुको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ । उहाँको अवस्था गम्भीर रहेको छ भने स्कुटरमा सवार अर्की घाइतेको अवस्था सामान्य रहेको छ ।
स्कुटरलाई ठक्कर दिने ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ४१ वर्षीय पूण सिंह लोलाई ट्रिकसहित नियन्त्रणमा लिइएको लम्सालले बताउनुभयो ।

















