दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको प्रसौनी गाउँपालिका कार्यालयमा १६औं गाउँ सभा अधिवेशन तथा आर्थिक वर्ष २०८१÷८२ को संशोधित हिउँदे गाउँ सभा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष विनोदप्रसाद जयसवारको अध्यक्षतामा आयोजित उक्त अधिवेशनको उद्घाटन अध्यक्ष जयसवारले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत सुमीतकुमार सिंह, वडा नम्बर १ देखि ७ सम्मका वडा अध्यक्षहरू, गाउँ कार्यपालिका सदस्यहरू, गाउँ सभा सदस्यहरू, गाउँपालिकाका कार्यालयका विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, जनप्रतिनिधिहरू, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।हिउँदे गाउँ सभामार्फत आर्थिक वर्ष २०८१÷८२ का लागि कुल ४७ करोड ५० लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

Leave a Reply