सिम्रौनगढ,भारतबाट अवैध रूपमा नेपाल भित्राइएको १ क्विन्टल कुखुरा ईलाका प्रहरी कार्यलय सिम्रौनगढले नियन्त्रणमा लिएर नष्ट गरेको छ ।प्रहरीले बिहीवार नियन्त्रणमा लिएको कुखुर खाल्डोमा पुरेर नष्ट गरेको हो । बिहीवार बिहान साढे १० बजे सिम्रौनगढ वडा नम्बर १ नेपाल भारत सीमा पथलवा घाटे नाकाबाट नेपाल भित्राइएको एक क्विन्टल अवैध कुखुरा ईप्रका सिम्रौनगढको प्रहरी निरीक्षक रविभुषण यादवको नेतृत्वमा गस्तीमा रहेको टोलीले नियन्त्रणमा लिएको थियो ।नियन्त्रणमा लिइएको उक्त कुखरालाई स्थानीयबासी, सञ्चारकर्मी लगायतको उपस्थितिमा ईप्रकाको प्राङ्गणमा खाल्डो खनेर नष्ट गरिएको हो ।


















