निजगढ,आर्युवेदिक उपचार पद्दतिमा आधारित नागरिक आरोग्य सेवा केन्द्र निजगढले स्थापनाको एक वर्ष २ महिनाको अवधिमा निजगढका २ हजार ३ सय सर्वसाधारणलाई औषधि-उपचार सेवा प्रदान गरेको छ ।निजगढ वडा नम्बर ७ वडा कार्यालय भवनमा रहेको सेवा केन्द्रको कार्यालय र घरदैलो कार्यक्रममार्फत सर्वसाधारणलाई निःशुल्क औषधि र उपचार सेवा प्रदान गरेको केन्द्रकी बैध निलमकुमारी यादवले जानकारी दिनुभयो ।

बैध यादवका अनुसार केन्द्रले जेष्ठ नागरिकहरुलाई घरदैलोमा पुगेर र अन्यलाई सेवा केन्द्रबाटै औषधोपचार गर्दैआएको छ । निजगढ नगरपालिका कार्यालय र जिल्ला आर्युवेदिक औषधालयको सहयोगमा केन्द्रमार्फत सुगर, रक्तचाँप, रक्तअल्पता, ग्यास्टिकलगायत विभिन्न रोगको लागि ३१ प्रकारका औषधि निःशुल्क वितरण हुदैआएको छ ।

आरोग्य केन्द्रले निजगढ नगरपालिका वडा नम्बर ७ र ९ का जेष्ठ नागरिकहरुको लागि घरदैलो औषधि उपचार सेवा पनि संचालन गरिरहेको छ । चालु आर्थिक वर्षदेखि निजगढ वडा नम्बर २ र वडा नम्बर ४ मा पनि घरदैलो सेवा विस्तार गरिने बैध यादवले बताउनुभयो ।२०८० साल जेष्ठ महिनाबाट निजगढमा सेवा शुरु गरेको सो केन्द्रले हाल औधाषालयमा १ जना बैधसहित अर्का एकजना श्रेणी बिहीन कर्मचारी कार्यरत छन ।यसैबीच सेवा केन्द्रले आज सोमवारबाट निजगढ नगरपालिका वडा नम्बर ४ मा घरदैलो सेवा संचालन गर्ने भएको छ । वडा कार्यालयका सचिव सुभाष महतोले आइतवार सूचना निकालेर वडा नम्बर ४ को पुरानाटोलमा सोमवार र कछडिया टोलमा मंगलवार निःशुल्क औषधोपचार सेवा संचालन गर्न लागिएको जानकारी दिनुभएको हो ।

Leave a Reply